मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
reportersnepal.com · Thu Sep 17 07:09:25 GMT 2026

गोरखा, १ असोज । मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङको मृत्यु भएको हो ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमालको क्याम्प दुईबाट बेसक्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उनी यही भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)