क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव
corporatenepal.com · Thu Sep 17 07:01:11 GMT 2026

फ्रान्स । युरोपेली सङ्घ (इयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्दै उसलाई सङ्घको पहिलो ‘एसोसिएट सदस्य’ बनाउन प्रस्ताव गरेको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबार विद्यमान व्यापार सम्झौताभन्दा अघि बढेर क्यानाडासँग व्यापक साझेदारी निर्माण गर्न प्रस्ताव गरेकी हुन् ।
स्ट्रासबर्गस्थित युरोपेली संसद्मा आफ्नो वार्षिक सम्बोधनका क्रममा उनले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग ‘भविष्यका लागि गठबन्धन’ निर्माण गर्न आह्वान गरिन् । उनले क्यानाडा र युरोप लोकतन्त्र तथा समान मूल्यमा विश्वास गर्ने भएकाले सम्बन्धलाई सम्भव भएसम्म उच्च तहमा पुर्याउन चाहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)