बाली खान आएको भालु तारजालीमा फस्यो : सुरक्षित उद्धार गरिँदै
gorkhapatraonline.com · Thu Jun 25 08:09:55 GMT 2026

। हुम्लाको नाम्खा गाउँपालिका–४ याल्वाङमा पाक्न लागेको जेठासी बाली खान बारीमा प्रवेश गरेको एक जंगली भालु बाहिरिने क्रममा ग्याबिन तारमा फसेको छ । स्थानीय किसानले बाली जोगाउन खेतबारी वरिपरि लगाएको ग्याबिन तारमा भालु अड्किएपछि गाउँभरि चासो र चिन्ता बढेको छ ।
स्थानीयवासीका अनुसार भालु बुधबार राति बाली खान बारीमा प्रवेश गरेपछि ग्याबिन तारमा अड्किएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताउनुभयो । जेठासी बाली पाक्ने समय भएकाले पछिल्लो समय भालुलगायतका वन्यजन्तु बस्तीनजिकका खेतबारीमा देखिन थालेका छन् । बारीबाट फर्किने क्रममा ग्याबिन तारमा फसेपछि भालु निस्कन नसकी बुधबार रातिदेखि छटपटाइरहेको उपाध्यक्ष लामाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)