समेटिएन कोरोना बिमा भुक्तानी, बिमित निराश
ekantipur.com · Sat Jun 04 01:03:57 GMT 2022
काठमाडौँ — कोरोना बिमाको भुक्तानी पाउँला भन्ने आसमा बसेका करिब सवा लाख बिमितलाई सरकारले फेरि निराश तुल्याएको छ । आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्बको ‘जम्बो’ बजेट ल्याएको सरकारले त्यसमा कारोना बिमा भुक्तानीको विषय नै नसमेटेपछि बिमितहरू निराश बनेका हुन् ।
‘कोरोना बिमाबारे बजेटमा केही सम्बोधन होला भन्ने आस थियो,’ काठमाडौं कीर्तिपुरका रामकृष्ण श्रेष्ठले भने, ‘बजेटमा कोरोना बिमा शब्द नै समेटिएन । अब त के पैसा पाइएला र ?’ बिमाको रकम नपाउनुमा सरकारसँगै नियामक निकायहरू बिमा समिति र बिमा कम्पनी सबै दोषी रहको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)