दुर्घटनाबाट बचाएको भन्दै शान्तिश्री परियारले दिइन क्याप्टेन चन्दलाई धन्यवाद
ratopati.com · Mon May 06 17:27:00 UTC 2024

काठमाडौँ । लोकगायिका शान्तिश्री परियारले ठूलो दुर्घटनाबाट जोगाएको भन्दै क्याप्टेन लबिस चन्दलाई धन्यवाद दिएकी छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका परियालले यति एयरलान्सका क्याप्टेन चन्दलाई धन्यवाद दिएकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन् : ‘धन्यवाद क्याप्टेन लबिस चन्द । प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रायस जारी राख्नु भो र गन्तब्य भन्दा फरक ठाउँमा अवतरण भयो तर सबैलाइ नयाँ जिवन त दिनु भयो नि ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)