वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती
ajakoartha.com · Thu Jun 25 08:12:00 GMT 2026

काठमाडौं- वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती प्रदेश को आयोजनामा वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापन सम्बन्धी गोष्ठीमा सरोकारवालाहरूले वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा सरकारले तदारुकता नदेखाउँदा अझ समस्या आएको बताएका हुन् ।
गोष्ठीलाई सम्बोधन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत के.सीले वन संरक्षण, जैविक विविधताको संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वातावरणीय सन्तुलन कायम राख्ने उपाय तथा जलाधार व्यवस्थापनमा चासो नदिने हो भने हाम्रो जैविकता सङ्कटमा पर्ने बताए । उनले वन क्षेत्रसँग सम्बन्धित नीति, योजना तथा कार्यान्वयनका चुनौती र सम्भावनाबारे सरोकारवालाहरूसँग गहन छलफल गरी विकर्षमा पुग्नु पर्ने समेत बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)