नेपालको शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय छलाङ, ग्लोकलसँग जोडियो टाइम्स हायर एजुकेसन
ictsamachar.com

काठमाडौं । नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी र प्रभावकारी बनाउन ग्लोकल प्रालि र विश्वप्रसिद्ध उच्च शिक्षा मूल्यांकन तथा विश्लेषण संस्था टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य भएको छ ।
इन्डोनेसियाको जकार्तामा आयोजित विश्व दिगो विकास महासभा २०२६ का क्रममा दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा ग्लोकलका अध्यक्ष आशिष ठाकुर तथा टाइम्स हायर एजुकेसनका एशिया-प्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिमले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)