विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश
annapurnapost.com · Thu Jun 25 08:12:18 GMT 2026

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ।बिहीबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले पौडेललाई पक्राउ गर्नुको कारण सोधेको हो।
सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ परेका पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
बेचन झा
इच्छाराज तामाङ
काठमाडौँ