विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा फिर्ता लिने विषय आजको भोलि टुङ्गिँदैन : त्रिवि उपकुलपति
ratopati.com · Thu Sep 17 07:33:22 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा फिर्ताको विषय आजको भोलि टुङ्गिने विषय नभएको बताएका छन् । बिहीबार अलुम्नाईको बैठकमा बोल्दै त्रिवि उपकुलपति प्रा.डा.थापाले यो कार्य १–२ महिनामा नसकिने र वर्षौँसम्म निरन्तर लाग्नुपर्ने दीर्घकालीन विषय भएको बताएका हुन् ।
थापाले भने, ‘यो १ महिना, २ महिना, ६ महिनाको कुरा होइन होला। यो वर्षौँ वर्ष लाग्ने र वर्षौँ वर्षसम्म यो कन्टिन्यु काम गरिराख्नुपर्ने विषय पनि हो । किनभने सायद यो देशमा कुनै संस्था सबैभन्दा बढी अ जग्गाको धनी छ भने त्यो सरकारपछि त्रिभुवन विश्वविद्यालय नै होला । त्यसकारण यसको जिम्मेवारी बढी छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)