दलहरूबीच जुटेन सहमति : संसदीय विशेष समिति आज पनि घोषणा नहुने
baahrakhari.com · Thu Sep 17 07:31:47 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीसहित विपद्सम्बन्धीं अध्ययन तथा सुझाव पेस गर्ने गरी संसदीय विशेष समिति बनाउने विषयमा बसेको दलका नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ । बुधबार (भदौ ३१) बसेको दलका प्रमुख नेताहरूको बैठकले संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
दलका सभापतिहरूसहितका नेता बसेर गरेको निर्णय कार्यान्वयनका लागि बिहीबार (असोज १) बसेको संसदीय दलका पदाधिकारीहरूको बैठकमा सहमति जुट्न नसकेको हो । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समिति बनाउने विषयमा सहमति जनाए पनि विपक्षीले कसलाई सभापति बनाउने भन्ने नाम मागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)