पीपीपी मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण लाइन अघि बढ्दै, २० अर्ब लागतको कम्पनी दर्ता
aarthiknews.com

काठमाडौं। सुदूरपश्चिममा निर्माण हुने ठूला जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ। आयोजनाको कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) स्थापना गरिएको छ। यो नेपालमा निजी क्षेत्रको सहभागितासहित निर्माण हुन लागेको पहिलो ठूला प्रसारण पूर्वाधार आयोजनामध्ये एक हो।
करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत स्वपुँजी (इक्विटी) र ७० प्रतिशत ऋण लगानी जुटाइनेछ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को सञ्चालक समितिबाट लगानी संरचना स्वीकृत भएसँगै कम्पनी दर्ता प्रक्रिया पूरा भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)