राजपुरका २९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा
nagariknews.nagariknetwork.com · Mon Jun 01 12:48:05 GMT 2026

वर्षौंदेखि खानेपानीबाट वञ्चित कपिलवस्तु नगरपालिका वडा नं. १ राजपुरमा रहेका २९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा जडान गरिएको छ। कपिलवस्तु नगरपालिका वडा नं. १ को ४ लाख लगानीमा राजपुरका दलित तथा अति विपन्न बस्तीमा खानेपानी धारा जडान गरिएको हो।
सय घर रहेको राजपुर गाउँमा वर्षौँअघि जडान गरिएको एउटै सार्वजनिक धाराबाट गाउँवासीले पानीको जोहो गर्दै आएका थिए। हुनेखाने केही परिवारले भने आफ्नै खर्चमा धारा जडान गरेका छन्। राजपुर गाउँमा अधिकांश दलित र अति विपन्न परिवार छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)