स्कुले विद्यार्थी नै सुर्तीजन्य पदार्थको लतमा
nagariknews.nagariknetwork.com · Mon Jun 01 12:39:36 GMT 2026

हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणका अभियान सञ्चालन भइरहे पनि नेपालमा स्कुले विद्यार्थीहरूमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो चिन्ताको विषय बनेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको अध्ययनले १३ देखि १५ वर्ष उमेर समूहका १८ प्रतिशत स्कुले विद्यार्थी कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न रहेको देखाएको छ।
परिषद्को ‘ग्लोबल युथ टोबाको सर्वे नेपाल–२०२५’ प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो। सन् २०११ पछि १४ वर्षको अन्तरालमा गरिएको यो सर्वेक्षणको विस्तृत प्रतिवेदन सार्वजनिक हुने तयारीमा रहेको परिषद्ले जनाएको छ। विद्यालय तहका विद्यार्थीमा सुर्तीजन्य पदार्थ प्रयोगको बदलिँदो अवस्था अध्ययन गर्ने उद्देश्यले सर्वेक्षण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)