आजदेखि लाइसेन्स सेवा डिजिटल, बैंक धाउने र फारम भर्ने झन्झट हट्यो
ictsamachar.com

काठमाडौं । साउन १ गतेदेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमा सञ्चालनमा आएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रणाली लागू गरेसँगै अब लाइसेन्सका लागि आवेदन , नवीकरण र राजस्व भुक्तानी सबै अनलाइनबाट गर्न सकिने व्यवस्था सुरु भएको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार राष्ट्रिय परिचयपत्र वा नागरिक एप प्रयोग गर्ने सेवाग्राहीले क्यूआर कोड स्क्यान गरेर आवेदन फारममा आफ्नो विवरण स्वतः भर्न सक्नेछन् । यसले व्यक्तिगत विवरण पटक – पटक टाइप गर्नुपर्ने झन्झट हट्नुका साथै त्रुटि पनि कम हुने विभागको विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ