बोलेरो पल्टिँदा चालकको मृत्यु
nepalnews.com · Thu Sep 17 07:48:13 GMT 2026

इलाम। इलामको देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो साधुगाउँमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
उक्त दुर्घटनामा देउमाई–१ चमैताका चालक ३५ वर्षीय तीर्थराज बस्नेतको सोही बोलेरो किचेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)