पल्सर आरपीएम सम्पन्न, युवाको सिर्जनशीलता र साहसिक प्रतिभा प्रस्तुत
onlinekhabar.com · Mon Jun 01 13:10:33 GMT 2026

१८ जेठ, काठमाडौं । जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा ‘पल्सर आरपीएम’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा र्याप ब्याटलजस्ता आकर्षक प्रस्तुतिहरू समावेश थिए । यी गतिविधिमार्फत नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूले आफ्नो कला र क्षमता प्रदर्शन गरेका थिए । कार्यक्रममा उपस्थित दर्शकहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै भरपुर मनोरञ्जन लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)