त्रिभुवन विमानस्थलमा विदेशी राहत सामग्री अलपत्र भएको भन्दै सदनमा रास्वपा सांसदले उठाए प्रश्न
ratopati.com · Thu Sep 17 07:57:42 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले विभिन्न देश र दाता निकायबाट प्राप्त राहत सामग्री त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद न्यौपानेले हालै आफूले विमानस्थलको निरीक्षण गर्दा राहत सामग्रीहरू बेवारिसे अवस्थामा भेटिएको बताए । उनले ती सामग्रीहरूको तस्बिरसहित प्रमाण पेस गर्दै सरकारले तत्काल तिनको व्यवस्थापन गर्नुपर्ने माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)