५४ हजार ४ सय पशु चौपायालाई खोरेतविरुद्ध निःशुल्क खोप दिइने
gorkhapatraonline.com · Thu Sep 17 08:00:59 GMT 2026

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले धनकुटा जिल्लामा ५४ हजार ४ सय चौपाया पशु चौपायालाई खोरेत विरुद्धको निःशुल्क खोप लगाउने भएको छ । खोरेत रोग उन्मूलनका लागि गाई, भैंसी, बंगुर र बाख्रालगायत खुर भएका पशुवस्तुलाई केन्द्रले खोप लगाउने भएको हो ।
संघीय सरकारले खोरेत विरुद्धको आवश्यक खोप उपलब्ध गराएको र असोज १५ गतेबाट लगाउने तयारीमा रहेको छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको लजिस्टिक सपोर्ट र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले जिल्लाका सातवटै स्थानीय तहमा खोप लगाउने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)