प्रधानमन्त्री मोदीलाई १५ वर्षकै उमेरमा प्रभाव पारेको एउटा फिल्म, आज पनि छ विशेष रोजाइमा
kalakarmi.com · Thu Sep 17 08:06:56 GMT 2026

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज ७६ वर्ष पुगेका छन् । प्रधानमन्त्री मोदी आफैंले आफू फिल्म हेर्न खासै सौखिन नभएको बताउने गरेका छन् । तर एउटा यस्तो फिल्म छ, जसले किशोरावस्थामै उनको मनमा गहिरो प्रभाव पारेको थियो । उनले विभिन्न अवसरमा उक्त फिल्मको चर्चा पनि गरेका छन् ।
प्रधानमन्त्री मोदीलाई सदाबहार अभिनेता देव आनन्दको क्लासिक फिल्म ‘गाइड’ निकै मनपर्छ । सन् १९६५ मा प्रदर्शनमा आएको यो फिल्ममा देव आनन्दसँगै वहीदा रहमान मुख्य भूमिकामा छन् । रोचक कुरा के छ भने मोदीले यो फिल्म आफू १५ वर्षको हुँदा हेरेका थिए । पछि उनले त्यतिबेला हेरेको ‘गाइड’ले आफ्नो सोचमा गहिरो प्रभाव पारेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)