सञ्चारमन्त्री डा. तिमिल्सिनासँग निर्देशक हन्टरको भेटवार्ता
gorkhapatraonline.com · Mon Jun 01 13:28:16 GMT 2026

स्याटेलाईट प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदायक अन्तर्रास्ट्रिय कम्पनी स्टारलिंकका निर्देशक रेबिका हन्टरले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग सिंहदरवारमा भेटवार्ता गर्नुभएको छ।
भेटको क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको बताउनुभयो । लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भएमात्र अनुमति लिन सकिने धारणा उहाँले राख्नुभयो । व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालको केही सेवा प्रदायकहरूसँग छलफल भइरहेको उहाँले जानकारी गराउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)