रसुवा बाढीपछि विदेशीले दिएको सामान एयरपोर्टमा अलपत्र देखियो : सांसद न्यौपाने
baahrakhari.com · Thu Sep 17 08:12:18 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले रसुवा बाढीपछि विदेशी दातृ निकाय र देशले दिएको सामग्री त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा विमानस्थलमा राखिएको सामग्रीको फोटो देखाउँदै उनले पीडित क्षेत्रमा सामान नभएको सुन्न नपरोस् भन्ने धारणा राखे । त्यहाँका कर्मचारीले कोरोनाका बेलामा समेत २० कन्टेनर सामान खेर गएको बताएको सुनाएको उनको भनाइ छ । अहिले पनि त्यस्तै अवस्था आउने चिन्ता व्यक्त गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)