गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी
deshsanchar.com · Thu Aug 07 17:15:50 GMT 2025

फिक्कल (इलाम) – गाउँघरमा गाईपालनलाई अझैपनि परम्परागत र सामान्य आम्दानीको स्रोत मान्ने गरिन्छ। इलामको सूर्योदय नगरपालिका–३ रुङसुङका गोपाल आचार्यले यो सोच परिवर्तन गर्दै गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी गर्दै आएका छन्। उनले गाईपालनलाई आधुनिक, व्यवस्थित र व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका हुन्।
आचार्यले ‘पञ्चामृत गाईफार्म’ सञ्चालन गरी दूध बिक्रीबाट मात्र मासिक रु दुई लाख ८८ हजारदेखि रु तीन लाख ६० हजारसम्म आम्दानी गर्दै आएको जानकारी दिए। फार्मबाट दैनिक १६० देखि २०० लिटरसम्म दूध उत्पादन हुने जनाउँदै उनले नजिकै पञ्चामृत डेरी उद्योगमा प्रतिलिटर रु ६० का दरले बिक्री गरिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)