दुईवटै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला
kendrabindu.com · Thu Sep 17 08:16:15 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै प्रस्तावित दुईवटा महाधिवेशन रोक्न मध्यमार्गी र समझदारीपूर्ण बाटो खोज्न आग्रह गरेका छन्।
बिहीबार जारी गरेको प्रेस वक्तव्यमार्फत कोइरालाले कांग्रेसको आन्तरिक विभाजनले पार्टीको संगठनमा मात्र नभई नेपालको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत असर पार्न सक्ने बताएका हुन्। उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)