रवि लामिछानेलाई दिल्ली विमानस्थलमा भाजपाका शीर्ष नेताद्वारा स्वागत
barnanmedia.com · Mon Jun 01 13:32:38 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्। उनलाई दिल्ली विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् ।
यो भ्रमण भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा हुन लागेको हो। रास्वपा र भाजपाले जारी गरेका छुट्टाछुट्टै प्रेस विज्ञप्तिअनुसार, भ्रमणको उद्देश्य दुई दलबीच औपचारिक राजनीतिक संवाद सुरु गर्नु, संगठनात्मक अनुभव आदान–प्रदान गर्नु तथा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)