जापानिज इन्सेफलाइटिसका बिरामी देखिन थालेपछि घोडाघोडीमा खोप अभियान
gorkhapatraonline.com · Thu Sep 17 08:20:06 GMT 2026

कैलालीको घोडाघोडी नगरपालिकामा जापानिज इन्सेफलाइटिस (जेई) को सङ्क्रमणबाट दुई जनाको मृत्यु भएपछि स्वास्थ्य शाखाले रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान सुरु गरेको छ ।
नगरपालिकाका १३ वटा स्वास्थ्य संस्थामार्फत १२ वटा वडामा बिहीबारदेखि खोप अभियान सञ्चालन गरिएको हो । स्वास्थ्य शाखाका अनुसार अभियानअन्तर्गत ३० वर्ष उमेर पुगेका तथा सोभन्दा माथिका नागरिकलाई असोज ७ गतेसम्म जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाइनेछ । अभियान सुरु भएसँगै विभिन्न खोप केन्द्रमा बिहानैदेखि खोप लगाउने नागरिकको भीड लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)