मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेविसंघको अध्यक्षमा करुणा कटुवाल

rajdhanidaily.com · Mon Jun 01 13:47:51 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन् । वैशाख २१ गतेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान बमोजिम म्याद समाप्त भई स्वत: विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाल अध्यक्ष नियुक्त भएकी हुन् ।

पार्टी कार्यालय कावा मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको गत बैशाख २१ गतेको निर्णयबमोजिम सभापति गगनकुमार थापाले विधान, २०१७ को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भइ स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा कटुवाल (धनकुटा) लाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी प्रदान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय