२०३२ ओलम्पिकको तयारी तीव्र, भिक्टोरिया पार्क संरक्षणको माग चर्कियो
nagariknews.nagariknetwork.com · Mon Jun 01 13:48:14 GMT 2026
अस्ट्रेलियाको ब्रिसबेनमा सन् २०३२ को ग्रीष्मकालीन ओलम्पिकका लागि निर्माण हुन लागेको मुख्य स्टेडियमको काम सोमबार औपचारिक रूपमा सुरु भएको छ । तर परियोजनाविरुद्ध आदिवासी समुदाय तथा वातावरण संरक्षण समूहहरूले निरन्तर विरोध जनाइरहेका छन् ।
क्वीन्सल्यान्ड राज्यका प्रधानमन्त्री डेभिड क्रिसाफुलीले ब्रिसबेन सहरको केन्द्रनजिकै भिक्टोरिया पार्कमा पहिलोपटक निर्माण कार्यको शुभारम्भ गर्दै यसलाई २०३२ ओलम्पिकको तयारीमा महŒवपूर्ण उपलब्धि भएको बताए । ‘अब खेल सुरु भएको छ । हामीसँग २०३२ ओलम्पिक र त्यसपछिका वर्षहरूका लागि स्पष्ट योजना छन् । आजबाट त्यसको कार्यान्वयन सुरु गर्दैछौं,’उनले भने । विश्वको ध्यान सन् २०३२ मा ब्रिसबेनतर्फ केन्द्रित हुने पनि उनले उल्लेख गरेका छन् । यो परियोजनाले दीर्घकालीन रूपमा सम्पूर्ण क्विन्सल्याण्ड राज्यलाई लाभ पु¥याउनेछ । भिक्टोरिया पार्कलाई खेलकुद, संस्कृति र हरियालीको केन्द्रका रूपमा विकास गरिँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)