पासवर्ड, पीनजस्ता गोप्य जानकारी कसैलाई उपलब्ध नगराउन एनएमबि बैंकको आग्रह
techpana.com · Mon Oct 11 16:27:44 GMT 2021
काठमाडौं । एनएमबि बैंकले सेवाग्राहीलाई पासवर्ड, ओटीपी जस्ता आफ्ना महत्वपूर्ण जानकारी कसैसँग सेयर नगर्न आग्रह गरेको छ । बैंकले आफ्नो खाताको विवरण र बैंकिङ कारोबारमा प्रयोग हुने ओटीपी, पीन, पासवर्ड, जन्ममिति जस्ता गोप्य जानकारी कसैलाई उपलब्ध नगराउने आग्रह गरेको हो ।
यस्ता जानकारीका माध्यममार्फत जोकोहीले पनि बैंकिङ कारोबारमा पहुँच राख्न सक्छन् । त्यसैले बैंकले समय समयमा पासवर्ड तथा पीन नम्बर परिवर्तन गर्न समेत आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)