कास्कीका पाँच ओटै तहले गरे बजेट सार्वजनिक
hamrakura.com · Thu Jun 25 00:00:00 GMT 2026
कास्की। कास्कीका पाँच ओटै स्थानीय तहले निर्धारित समय असार १० गतेभित्र वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पोखरा महानगरपालिका र मादी, माछापुच्छ्रे, अन्नपूर्ण र रूपासहित चार गाउँपालिकाले कूल रु नौ अर्ब ७१ करोड ७२ लाख २१ हजारको बजेट सार्वजनिक गरेका हुन् ।
कृषि, पर्यटन, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई बजेटमा प्राथमिकता दिइएको छ। भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो रहेको पोखरा महानगरपालिकाले आगामी वर्षका लागि रु सात अर्ब १५ करोड २५ लाख बजेट ल्याएको छ । चालु आवको तुलनामा महानगरको बजेट करिब रु एक अर्ब २० करोड हाराहारीले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)