हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी सङ्कलन
reportersnepal.com · Thu Sep 17 08:35:46 GMT 2026

हुम्ला, १ असोज । चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी सङ्कलन हुने गरेको छ । “स्थानीयलाई गैरकानुनी रुपमा जडीबुटी सङ्कलन गर्नेको पहिचान छ, यद्यपि सुरक्षाका कारणले उनीहरु नाम बताउन चाहदैनन् ।” बागेढुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रङ्गबहादुर शाहीले भने ।
अध्यक्ष शाहीले जीवन सुरक्षाका त्रासले उपभोक्ता समितिका सदस्यहरु चोरी गर्नेको नाम बताउन नचाहेको बताए। चङ्खेली गाउँपालिका–२ स्थित उक्त सामुदायिक वनका सात स्थानमा जडीबुटी पाइने भए पनि लादुसिमेलीबाडा, रातापानी क्षेत्र, हरीनाथको कोर्ने पाटी र तिखेजुर वनबाट बाह्रै महिना जडीबुटी सङ्कलन गर्ने गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)