डब्लूएचओ क्षेत्रीय निर्देशक बाल्खीद्वारा परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता
nepalnews.com · Thu Sep 17 08:44:08 GMT 2026

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा. हनान एच बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।
परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटमा डा. बाल्खीले नेपालमा हालै आएको बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरिन् । उनले कठिन परिस्थितिमा नेपाल सरकारले देखाएको नेतृत्वको प्रशंसा गरेकी थिइन्। भेटका क्रममा डा. बाल्खीले डब्लूएचओको महानिर्देशक पदका लागि आफ्नो उम्मेदवारी, दृष्टिकोण तथा प्राथमिकताबारे जानकारी गराउँदै आफ्नो उम्मेदवारीका लागि नेपालको समर्थनको अपेक्षा व्यक्त गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)