हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी सङ्कलन
ratopati.com · Thu Sep 17 08:43:51 GMT 2026

हुम्ला । चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी सङ्कलन हुने गरेको छ । “स्थानीयलाई गैरकानुनी रुपमा जडीबुटी सङ्कलन गर्नेको पहिचान छ, यद्यपि सुरक्षाका कारणले उनीहरु नाम बताउन चाहदैनन् ।” बागेढुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रङ्गबहादुर शाहीले भने ।
अध्यक्ष शाहीले जीवन सुरक्षाका त्रासले उपभोक्ता समितिका सदस्यहरुले चोरी गर्नेको नाम बताउन नचाहने बताए । चङ्खेली गाउँपालिका–२ स्थित उक्त सामुदायिक वनका सात स्थानमा जडीबुटी पाइने भए पनि लादुसिमेलीबाडा, रातापानी क्षेत्र, हरीनाथको कोर्ने पाटी र तिखेजुर वनबाट बाह्रै महिना जडीबुटी सङ्कलन गर्ने गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)