मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग
khabarhub.com · Thu Sep 17 08:44:13 GMT 2026

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा प्रभावित स्थानीय भेन्डरहरूले आन्दोलन घोषणा गरेको भन्दै समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले मेलम्ची खानेपानी आयोजनाका कुनै पनि गाडी तथा कर्मचारीलाई आजदेखि आयोजनास्थलमा प्रवेश गर्न नदिने भन्दै पीडित भेन्डर संघर्ष समितिले आन्दोलन घोषणा गरेको जानकारी गराए । यस्तो अवस्थाले मेलम्ची खानेपानी आयोजनालाई निरन्तरता दिन समस्या हुने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)