अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह
barnanmedia.com · Thu Jul 16 19:15:00 GMT 2026

अमेरिका र इरानबीच फेरि सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारीपत्र (एमओयु) अनुसार वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले संवाद नै सङ्कट समाधानको प्रभावकारी माध्यम भएको जनाएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले बिहीबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा समझदारीपत्रको कार्यान्वयन चुनौतीपूर्ण बने पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको वार्ता पुनः सुरु गर्न प्रोत्साहित गरिने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)