साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
ratopati.com · Thu Jul 16 19:22:12 GMT 2026

२०८३ साउन महिनाको राशिफल ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य र बृहस्पति सुख भावमा । बुध २० गतेसम्म पराक्रम भावमा र २१ गतेबाट सुख भावमा । शुक्र १५ गतेसम्म सन्तान भावमा र १६ गतेबाट प्रतिस्पर्धा भावमा । शनि खर्च भावमा । मङ्गल १७ गतेसम्म धन भावमा र १८ गतेबाट प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् । सुख भावमा महिनाभर सूर्यको प्रतिकुल प्रभावले उच्च रक्तचाप, मुटु, टाउको दुखाई, कोलेस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमा वा घरपरिवारको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । सवारी साधनको प्रयोग वा लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । दोस्रो सातासम्म धन भावमा गोचर गर्ने मङ्गलको प्रतिकुल प्रभावले धन सम्पत्ति फस्ने र कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेको छ । शनिको आद्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । तर पनि बुध, शुक्र, बृहस्पतिको अनुकूल प्रभावले सङ्गीत तथा कला क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ । निर्माण सामाग्री, अटो पार्टस्, पेपर उद्योग तथा कन्स्ट्रक्सन क्षेत्रमा मनग्गे धन कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मुनाफा कमाउन सकिनेछ । महिनाको दोस्रा साताबाट प्रतिस्पर्धा भावमा गोचर गर्ने मङ्गलको शुभ प्रभावले नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । महिनाको दोस्रो साताबाट मङ्गलको अनुकूल प्रभावले परिवार, साथीभाइ तथा भाइबहिनीको सहयोग प्राप्त हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)