परराष्ट्रमन्त्री खनाल र डब्लूएचओ क्षेत्रीय निर्देशक बाल्खीबिच भेटवार्ता
ratopati.com · Thu Sep 17 08:51:49 GMT 2026

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । बिहीबार परराष्ट्र मन्त्रालयमा उनीहरूबिच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटमा डा.बाल्खीले नेपालमा हालै आएको बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा नेपाल सरकारले देखाएको नेतृत्वको प्रशंसा समेत गरिन् । भेटका क्रममा डा.बाल्खीले डब्लूएचओको महानिर्देशक पदका लागि आफ्नो उम्मेदवारी, दृष्टिकोण तथा प्राथमिकताबारे जानकारी गराउँदै आफ्नो उम्मेदवारीका लागि नेपालको समर्थनको अपेक्षा व्यक्त गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)