नाटोमाथि इरानको आरोप
gorkhapatraonline.com · Thu Jun 25 09:42:37 GMT 2026

इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका-इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ । नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रले सहयोग गरेको उल्लेख गरेपछि तेहरानले त्यसको कडा विरोध जनाएको हो ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नाटो प्रमुखको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानूनविपरीत युद्धमा गठबन्धनको सक्रिय संलग्नताको स्वीकारोक्ति भएको बताउनुभयो । उहाँले सार्वभौम राष्ट्रविरुद्ध गरिएको आक्रमणमा नाटोको भूमिका संयुक्त राष्ट्रसङ्घीय बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको आरोप लगाउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)