भिरबाट खसेको ढुंगा लागेर डोजर चालकको मृत्यु
onlinekhabar.com · Thu Jun 25 09:38:03 GMT 2026

११ असार, कालीकोट । कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)