धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
nepalnews.com · Thu Sep 17 08:57:47 GMT 2026

हेटौंडा। हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैंको नवरात्र, हेटौंडा र त्यस आसपासका क्षेत्रबाट विशेष गरी नयाँ सवारीसाधन किन्नेले सामान्यतः नछुटाउने तीर्थस्थल हो चुरियामाई। विगत वर्षमा जस्तै यस वर्ष पनि विश्वकर्मा पूजाका अवसरमा आज बिहानैदेखि ठाउँ–ठाउँबाट दर्शनार्थी सवारीसाधन पूजा गर्ने लक्ष्यका साथ चुरियामाई आएका छन्।
मकवानपुर जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडाबाट वीरगन्ज जाने मार्गको छेउमा चुरे पर्वत शृङ्खलामा चुरियामाई मन्दिर अवस्थित छ। यो मन्दिरलाई विशेषतः यातायातकी देवीका रूपमा पूजाआजा गर्ने गरिएको मन्दिरका पुजारी दीलिप नगरकोटीले बताए। नयाँ सवारीसाधन किनेपछि यहाँ आएर दर्शन गरी पूजा गरेमा राम्रो हुने जनविश्वास रहेको यातायात व्यवसायी कैलाश थापाले बताए। त्यसैले हेटौंडा तथा त्यस आसपासका क्षेत्रबाट सवारीसाधन ल्याएर पूजा गर्न आउने चलन कायमै छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)