एक वर्षमा अख्तियारद्वारा १७५ वटा मुद्दा दायर
ratopati.com · Thu Sep 17 08:55:57 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा १७५ वटा मुद्दा अदालतमा दायर गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा विशेष अदालतमा १७५ वटा अभियोगपत्र दायर गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) सुरेश न्यौपानेले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
गत आर्थिक वर्षमा आयोगले ५८५ वटा उजुरी तामेलीमा राखेको छ । आयोगमा परेका मध्ये ८ हजार १९ वटा उजुरी फर्स्योट हुन बाँकी रहेको सहसचिव न्यौपानेले बताए । अख्तियारले पछिल्लो १ वर्षमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ५ वटा मुद्दा अदालतमा दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)