धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
reportersnepal.com · Thu Sep 17 08:56:15 GMT 2026

बागमती, १ असोज । हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा र त्यस आसपासका क्षेत्रबाट विशेषगरी नयाँ सवारीसाधन किन्नेले सामान्यतः नछुटाउने तीर्थस्थल हो चुरियामाई । विगत वर्षमाजस्तै यस वर्ष पनि विश्वकर्मा पूजाका अवसरमा आज बिहानैदेखि ठाउँठाउँबाट दर्शनार्थी सवारीसाधन पूजा गर्ने लक्ष्यका साथ चुरियामाई आएका छन् ।
मकवानपुर जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडाबाट वीरगन्ज जाने मार्गको छेउमा चुरे पर्वत शृङ्खलामा चुरियामाई मन्दिर अवस्थित छ । यो मन्दिरलाई विशेषतः यातायातकी देवीका रुपमा पूजाआजा गर्ने गरिने सो मन्दिरका पुजारी दीलिप नगरकोटीले बताए । नयाँ सवारीसाधन किनेपछि यहाँ आएर दर्शन गरी पूजा गरेमा राम्रो हुने जनविश्वास रहेको यातायात व्यसायी कैलाश थापाले बताए । त्यसैले हेटौँडा तथा त्यस आसपासका क्षेत्रबाट सवारीसाधन ल्याएर पूजा गर्न आउने चलन कायमै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)