रसुवाका लागि विदेशबाट आएको राहत विमानस्थलमै थन्कियो, सांसद न्यौपानेले उठाए प्रश्न
kalakarmi.com · Thu Sep 17 09:00:51 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा विपदका लागि विदेशी दातृ निकाय तथा विभिन्न देशबाट आएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले आफू त्रिभुवन विमानस्थलको कार्गोबाटै आएको र त्यहाँ विपदका लागि आएका सामग्री लामो समयदेखि थन्किएको देखेको बताए । उनले विदेशीबाट आएका लत्ताकपडालगायतका सामग्री विमानस्थलमै थन्किएको र सम्बन्धित क्षेत्रमा पठाउन नसकिएको बताए । उनका अनुसार कार्गोमा रहेका कर्मचारीले कोरोना महामारीका बेला विदेशीबाट आएका २० कन्टेनर सामानसमेत खेर गएको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)