पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच
gorkhapatraonline.com · Thu Sep 17 09:03:52 GMT 2026

पाल्पा, असोज १ गते । दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँ गाउँबाट मानिस तानसेन आउँथे । लाखेनाचको छुट्टै रौनक हुन्थ्यो । दुई/चार दिन तानसेनका होटल र पाटीपौवामा बास बसेर उनीहरुले नाच हेरेर फर्कन्थे । मइन्टोल, लाल्टिन बालेर नाच हेर्ने गरिन्थ्यो । लाखे नाच भनेपछि केटाकेटीदेखि बुढाबूढीसम्म घण्टौँ हिँडेरै तानसेन हेर्न आउँथे तर अहिले भने धेरैजसो नेवार समुदाय बसाइँसराइ र विदेश पलायनले लाखे नाचको रौनक सेलाउँदै गएको छ ।
पाल्पाली राजा मणिमुकुन्द सेनको समयमा सुरु भएको यस परम्पराको इतिहास ५०० वर्षभन्दा पुरानो रहेको बताइन्छ । यद्यपि यो पाल्पामा लाखे नाच कहिलेदेखि सुरु भएको हो भन्ने यकीन इतिहास भने अहिलेसम्म भेटाउन सकिएको छैन । किंवदन्तीअनुसार राजा मणिमुकुन्द सेनले आफ्नो राज्य विस्तारका क्रममा काठमाडौँ आक्रमण गर्दा त्यहाँको समृद्ध कला, संस्कृति र नेवार समुदायको काष्ठकला तथा मूर्तिकलाबाट अति प्रभावित हुनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)