अख्तियारमा भूमिसहित १० वटा मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा बढी
ratopati.com · Thu Sep 17 09:13:02 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केन्द्र सरकारका १० वटा मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै परेको छ । आर्थिक वर्ष २०८२/०८३ मा आयोगमा परेका उजुरीमध्ये सबैभन्दा धेरै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित ३ हजार ३६ वटा उजुरी परेको आयोगले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
सङ्घतर्फ परेका १५ हजार ५१२ उजुरीमध्ये १९ प्रतिशतभन्दा बढी उजुरी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित रहेका अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)