मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा मुख्यमन्त्री आचार्यलाई वार्षिक प्रतिवेदन हस्तान्तरण
nepalpress.com · Thu Sep 17 09:15:12 GMT 2026

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष हस्तान्तरण गरेका छन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा बिहीबार मुख्य न्यायाधिवक्ता खनालले कार्यालयको वार्षिक कार्यसम्पादन, मुद्दा मामिला, कानुनी राय तथा परामर्शलगायतका विवरण समेटिएको प्रतिवेदन मुख्यमन्त्री आचार्यलाई हस्तान्तरण गरेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)