मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु
sutranews.com · Thu Sep 17 09:16:56 GMT 2026

काठमाडौं । झापाको झापा गाउँपालिका३, कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको द्यच् ३७ त्त ३९४९ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भारत किशनगञ्जका २८ वर्षीय सुल्तान अलीको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते अलीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)