मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पारिश्रमिक कटौतीविरुद्ध विद्यालय बन्द

gorkhapatraonline.com · Thu Sep 17 09:24:04 GMT 2026

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा आजदेखि अनिश्चितकालका लागि पठनपाठन बन्द गरिएको छ । गाउँपालिकामा रहेको विद्यालय कर्मचारी तथा बालविकास शिक्षक संघर्ष समितिले गाउँपालिकाले दिदैँ आएको सेवा सुविधा कटौती गरेको भन्दै विद्यालयको पठनपाठन बन्द गरेर गाउँपालिकामा धर्नाको कार्यक्रम सुरु गरेको छ ।

संघर्ष समितिका संयोजक कृपाराम पुनका अनुसार गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत बालविकास सहजकर्ता, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगीलाई पालिकाले दिदैँ आएको तलबमा तीन हजार रुपियाँ काट्ने निर्णय गरेपछि आन्दोलनका कार्यक्रम सुरु गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)