फायरिङ अभ्यासमा नेपाली सेनाका हुद्दाको मृत्यु, क्याप्टेन घाइते
barnanmedia.com · Thu Jun 25 09:58:41 GMT 2026

अभ्यास फायरिङका क्रममा एक्कासि ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक जना हुद्दाको मृत्यु भएको छ भने एक जना सहसेनानी घाइते भएका छन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथि राजाराम बस्नेतका अनुसार कैलालीको मोहन्याल गाउँपालिका-७ स्थित जंगलमा अभ्यासका क्रममा घटना भएको हो। हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको बस्नेतले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)