मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डाइलासिस मशिन नहुँदा एक लाख बढी तिर्न बाध्य बिरामी

lokaantar.com

सरकारले मिर्गाैलाका बिरामीलाई निःशुल्क डाइलासिसको व्यवस्था गरे पनि पर्याप्त मशिन नहुँदा बिरामी मासिक एक लाख रुपैयाँसम्म तिर्न बाध्य छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ आउने बिरामी निःशुल्क सेवा दिने मशिन अभावमा निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका हुन् ।

भरतपुर, बकुलहर रत्ननगर अस्पताल र चितवन मेडिकल कलेजमा निःशुल्क डाइलासिस सेवा भए पनि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा भने बिरामीले महँगो शुल्क तिर्न बाध्य भएका मिर्गाैला पीडित सरोकार समाज चितवनका अध्यक्ष जीवनाथ पराजुलीले बताए । निःशुल्कमा पालो नपाउँदा चर्काे मूल्यमा डाइलासिस गराउन बाध्य भएका उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)