चेम्बर र मेडिसिटी अस्पतालबीच स्वास्थ्य सेवा सहकार्य
nepalnews.com · Thu Jun 25 10:19:15 GMT 2026

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबीच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बरका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
जमलस्थित चेम्बर भवनमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा चेम्बरका तर्फबाट स्वास्थ्य समिति संयोजक मृगेन्द्रमेहर श्रेष्ठ तथा मेडिसिटी अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले सम्झौतापत्रमा हस्ताक्षर गरे। एक वर्षका लागि लागू हुने सम्झौताअनुसार चेम्बरका कार्यसमिति सदस्य, कर्मचारी, जिल्ला चेम्बर सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित (पति/पत्नी, बाबुआमा तथा २२ वर्षमुनिका दुई सन्तान) ले नेपाल मेडिसिटीमा उपचार गराउँदा विशेष स्वास्थ्य सेवा तथा विभिन्न सहुलियत प्राप्त गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)